Kathmandu Press

बर्नहार्ट कलेज क्यूएए सर्टिफिकेट पाउने पहिलो निजी कलेज  

काठमाडौं, फागुन २५ : काठमाडौं बर्नहार्ट कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) पाउने पहिलो निजी कलेज बनेको छ। ....

बर्नहार्ट कलेज क्यूएए सर्टिफिकेट पाउने पहिलो निजी कलेज  

काठमाडौं, फागुन २५ : काठमाडौं बर्नहार्ट कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टिफिकेट) पाउने पहिलो निजी कलेज बनेको छ। 

विश्वविद्यालय अनुदान आयोगले बर्नहार्ट कलेजलाई क्यूएए सर्टिफिकेट दिएको हो। देशभरका ११ सयभन्दा बढी निजी कलेजमा क्यूएए सर्टिफिकेट आयोगले उच्च शिक्षाको गुणस्तर सुनिश्चितता र प्रत्यायन प्रणालीमा आवद्ध भएर त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त पहिलो क्यूएए प्रमाणपत्र पाउने पहिलो कलेज बर्नहार्ट कलेज हो।  

‘क्यूएए पाएपछि गुणस्तरीय उच्च शिक्षाको सेवा प्रवाह गर्ने उद्देश्यमा थप उत्साह र मनोवल प्राप्त भएको छ,’ कलेजका प्रिन्सिपल सहदेव सिग्देलले भने, ‘क्यूएए एक साधन हो तर साध्य होइन। किनकि गुणस्तर एउटा निरन्तर प्रयास हो। हामी सधैँ गुणस्तरमा ध्यान दिनेछौं।’ 

उनले गत वर्षको बीसीए प्रथम सेमेस्टरको बोर्ड परीक्षामा कलेजका विद्यार्थीले शत प्रतिशत नतिजा ल्याएको र समग्रमा कलेजको कुल पास प्रतिशत ८० प्रतिशतभन्दा माथि रहेको सिग्देलको भनाइ छ। बाफलमा रहेको कलेजमा अहिले करिब चार सय विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित मिति: १६:१० बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्