तरुण दलले भूकम्पपीडितका लागि बनायाे ७२ अस्थायी आवास

काठमाडौं, पुस ११ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले भूकम्पपीडितका लागि जाजरकोटमा ७२ वटा अस्थायी आवास बनाएको छ। भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोटको भेरी नगरपालिका–१, ३ र ४ मा तरुण दलदलका नेता कार्यकर्ताले ९ दिन खटएिर सो संख्यामा अस्थायी आवास बनाइदिएको हो।
अस्थायी आवास निर्माणका लागि तरुण दलका ५० जनाभन्दा बढी नेता कार्यकर्ता खटिएको जनाएइको छ। अस्थायी आवासका लागि आवश्यक जस्तापाता तरुण दलका तर्फबाट व्यवस्था गरिएको बताइएको छ। निर्माणका क्रममा आवश्यक पर्ने औजारका लागि निर्माण व्यवसायी महासंघसँग समन्वय गरिएको तरुण दलले जनाएको छ।
प्रकाशित मिति: १३:२४ बजे, बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
