इजरायलसँग लड्न हुथी विद्रोहीका २० हजार लडाकु तयार
लडाकुहरू हुथी कमाण्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तर पश्चिमीय मनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ ।काठमाडौं, पुस ११ : यमनका हुथी विद्रोहीहरूले इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरूलाई तालिम दिएको बताइएको छ ।
लडाकुहरू हुथी कमाण्डर अब्दुल मलिक अल–हुथीको आदेशमा गाजा जान तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यमनी समाचार एजेन्सी साबाले २० हजार लडाकुहरूको प्रशिक्षण पूरा भएको अवसरमा उत्तर पश्चिमीय मनी प्रान्त हज्जाहमा परेड पनि आयोजना गरिएको बताएको छ ।
यस क्रममा हुथी लडाकुहरूले आफ्नो हतियार र सैन्य शक्ति प्रदर्शन गरेका थिए । हुथी इरानको नियन्त्रणमा रहेको यमनमा सक्रिय शिया आतंकवादी समूह हो । हुथी लडाकुहरूले इरानबाट हतियार, तालिम र पैसा पाउँछन् । हुथी विद्रोहीहरूले गाजा पट्टीमा इजरायली आक्रमण नरोकेसम्म र मानवीय सहायतान पुगेसम्म आफ्नो आक्रमण नरोकिने दाबी गरेका छन् ।
हुथीले अमेरिकालाई यमनमा आक्रमण नगर्न चेतावनी पनि दिएको छ । हुथी नेता अब्दुल मलिक अलहुथीले अमेरिकाले यमन विरुद्ध कुनै प्रकारको आक्रामक कारबाही गरेमा ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।
उनले अमेरिकालाई भियतनाम युद्धमा जस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।