Kathmandu Press

बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै पेस गरिने

प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि र जनताको सहभागिता बढाउन, कार्यान्वयनमा सहजताका लागि बजेटका सिद्धान्त र प्राथमिकतामा हुने छलफलको परम्परा तोड्न लागिएको बताएका हुन्।
बजेटका सिद्धान्त र प्राथमिकता फागुनमै पेस गरिने

काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को आगामी अधिवेशनमा नयाँ आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि र जनताको सहभागिता बढाउन, कार्यान्वयनमा सहजताका लागि बजेटका सिद्धान्त र प्राथमिकतामा हुने छलफलको परम्परा तोड्न लागिएको बताएका हुन्।

Hardik ivf

‘सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्दछ । आगामी वर्षको नीति तथा कार्यषक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आम नागरिकको समेत प्रतिक्रिया लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता सकेसम्म फागुनमै पेस गर्ने हाम्रो तयारी छ,’ देशबासीलाई संवोधनका क्रममा उनले भने।

प्रधानमन्त्रीले पुँजीगत खर्च क्षमता बढाउनका लागि निर्णायक हस्तक्षेप गर्नुपर्ने पनि बताए । ‘प्रि बजेट’ छलफलको कर्मकाण्डी परम्परा तोडेर फागुनमा नै छलफल भएमा सांसदहरूले उठाएका विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहज हुने प्रधानमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्