राष्ट्रिय गौरवका योजनाहरु ‘एआई जडित ड्रोन’बाट अनुगमन गरिने
उलने सरकार असफल पनि नभएको र आफूले सोचे अनुसारको परिणाम पनि नआएको समेत बताएका छन्।काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरव र रुपान्तरणकारी योजनाहरु अब ‘एआई जडित ड्रोन’ बाट नियमित अनुगमन गर्ने प्रणाली जडान गर्न लागेको जानकारी दिएका छन्।
देशवासीका नाममा संवोधन गर्नेक्रममा प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन् । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट ठुला आयोजनाहरुको नियमित अनुगमन गर्न सुरु गरेको पनि उनले बताए।
प्रधानमन्त्री दाहालले अब अत्यावश्यक र पूर्व निर्धारित बाहेक कुनै पनि कार्यक्रममा सहभागी नहुने पनि बताए। उलने सरकार असफल पनि नभएको र आफूले सोचे अनुसारको परिणाम पनि नआएको समेत बताएका छन्।
‘कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमिक्षामा छु। यही चिन्ताका साथ म सार्वजनिक घोषणा गर्दछु अब सरकारको कार्यशैली फेर्नेछु,’ प्रधानमन्त्री दाहालले भने ‘अब पूर्वनिर्धारित र केही अपरिहार्य बाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा छु । सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दु हुनेछ।’