‘८०को दशक ‘तीब्र विकास’ को दशक हो’
प्रधानमन्त्रीले यस वर्ष ७७६.६१ किलोमिटर कालोपत्रे सडक निर्माण भएको पनि बतए । यस्तै ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको पनि उनले बताए।काठमाडौं, पुस १० : प्रधानमन्त्री पुष्पकमल दाहालले २०८०को दशक ‘तीव्र विकास’को दशक हुने बताएका छन्।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन्। उनले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए।
‘८० को दशक तीव्र विकासको दशक’ भन्ने संकल्पसँगै पूर्वाधारमा देशले नयाँ ढङ्गले फड्को मार्नैपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले यस वर्ष ७७६.६१ किलोमिटर कालोपत्रे सडक निर्माण भएको पनि बतए । यस्तै ५८७.५ किलोमिटर ग्राभेल सडक निर्माण भएको पनि उनले बताए।
यो अवधिमा १८१.२९ किलोमिटर नयाँ ट्रयाक खोलिएको उनले बताए। ‘थप १ लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छ। यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन,’ प्रधानमन्त्री दाहालले भने।
पूर्वाधारमा कम्तिमा दुई सिफ्टको प्रत्याभूति हुने र सकेसम्म ‘ब्यारेक मोडल’ मा लैजाने गरी नीतिगत र व्यवहारिक छलफल गरिरहेको पनि स्पष्ट पारे।