Kathmandu Press

कोरियाले करीब ७ सय वस्तु रूस र बेलारुसविरुद्ध निर्यात नगर्ने

मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठूला सवारी साधन लगायत निर्यात वस्तुहरु प्रतिबन्धको सूचीमा राखेर रसिया र बेलारुसविरुद्ध निर्यात नियन्त्रण कडाई गर्न लागेको हो।
कोरियाले करीब ७ सय वस्तु रूस र बेलारुसविरुद्ध निर्यात नगर्ने

सिउल, पुस १० : दक्षिण कोरियाले रूस र बेलारुसविरुद्ध निर्यात हुने ७ सय वस्तुमा फेरि प्रतिबन्ध लगाउने भएको छ।

मस्कोले युक्रेनमा गरेको आक्रमणका कारण कोरियाले उत्खनन, ब्याट्री र ठूला सवारी साधन लगायत निर्यात वस्तुहरु प्रतिबन्धको सूचीमा राखेर रसिया र बेलारुसविरुद्ध निर्यात नियन्त्रण कडाई गर्न लागेको हो।

Hardik ivf

रणनीतिक वस्तुको व्यापार सम्बन्धी नियमावलीमा संशोधन भए अनुसार कोरियाले विभिन्न निर्माण उपकरणहरु रिचार्जेबल ब्याट्री, विमानका कम्पोनेन्ट, मेसिनरीलगायत अन्य वस्तुहरू गरी रसिया र बेलारुसमा ढुवानी गर्न प्रतिबन्धित वस्तुहरूको सूचीमा थप ६८२ वस्तु थपेको त्यहाँको व्यापार, उद्योग र ऊर्जा मन्त्रालयले जनाएको छ।

यस्तै, नयाँ नियमको सूचीमा रहेका वस्तुहरूको कुल संख्या हालको ७९८ वस्तुबाट बढाएर १,१५९ पुर्‍याउने समेत बताइएको छ।

उचित प्रशासनिक प्रक्रियाहरू र निर्यातकर्ताहरूका लागि सरकारले जारी गरेको नीति निर्देशहरू पछ्याएर संशोधन २०२४ को सुरुमा लागु हुने अपेक्षा गरिएको छ।

कोरियाको निर्यात नियन्त्रण योजना अन्तर्गत रणनीतिक वस्तुको रूपमा वर्गीकृत नभए पनि सैन्य उद्देश्यका लागि ती वस्तुहरू प्रयोग हुने सम्भावना रहेको हुँदा यो कदम चालिएको बताइएको छ।

प्रकाशित मिति: १३:१९ बजे, मंगलबार, पुस १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्