प्रतितोला ६ सय बढ्यो सुनको मूल्य
मंगलबार ६ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, पुस १० : मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ।
मंगलबार ६ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ। तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ८५ रुपैयाँ मूल्य कायम भएको छ।
प्रकाशित मिति: ११:५५ बजे, मंगलबार, पुस १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












