Kathmandu Press

प्रसिद्ध जापानिज ब्रान्ड जोजिरुशीका उत्पादन अब नेपाल पाइने

सन् १९१८ मा स्थापना भएको जोजिरुशीले राइस कुकर, ब्रेड मेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्प्लाइन्सेस उत्पादन तथा बिक्री गर्दै आएको छ।
प्रसिद्ध जापानिज ब्रान्ड जोजिरुशीका उत्पादन अब नेपाल पाइने

काठमाडाैं, पुस ९ : जापानको विश्वप्रसिद्ध ब्रान्ड ‘जोजिरुशी’का उत्पादन नेपालमा पनि पाइने भएको छ।

जोजिरुशीका सामान नेपालमा आफ्नो ट्रेड कन्सर्न प्रालिले बेच्नेछ। आफ्नो ट्रेड कन्सर्न जोजिरुशीको अधिकारिक बिक्रेता हो।

आफ्नो ट्रेड कन्सर्नले जोजिरुशीका सामान ललितपुरमा रहेको लबिम मलबाट बेच्ने छ।

सन् १९१८ मा स्थापना भएको जोजिरुशीले राइस कुकर, ब्रेड मेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्प्लाइन्सेस उत्पादन तथा बिक्री गर्दै आएको छ।

सयवर्षभन्दा लामो इतिहास बोकेको कम्पनीले आफ्ना उत्पादन गुणस्तरिय रहेको बताएको छ। कम्पनीका उत्पादन जापान, अमेरिका, सिंगापुर, यूरोप लगायत विश्वबजारमा उपलब्ध छन्।

नेपाली र नेपालमा रहेका विदेशीहरुको गुणस्तरीय सामान प्रतिको अभिरूची र आवश्यकतालाई मध्यनजर गर्दै जापानको जोजिरुशीले उत्पादन गरेको उच्च गुणस्तरका बस्तुहरु नेपालमा बिक्री वितरण गर्न खुसी भएको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।

प्रकाशित मिति: २०:०१ बजे, सोमबार, पुस ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्