Kathmandu Press

आफैँलाई गोली हान्दा सशस्त्र प्रहरी जवान घाइते

सर्लाही, फागुन २५ : सर्लाहीमा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नं. १० गण....

आफैँलाई गोली हान्दा सशस्त्र प्रहरी जवान घाइते

सर्लाही, फागुन २५ : सर्लाहीमा ड्युटीमा रहेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

सशस्त्र प्रहरी बल नं. १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले बोकेको एसएलआरबाट आफ्नै घाटीमा गोली हानेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताए। श्रेष्ठका अनुसार, उनी गम्भीर घाइते भएका छन्।

सर्लाहीको बलरा नगरपालिका निवासी मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी वीरगञ्जमा पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए।

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्