दक्षिण कारियाको अपार्टमेन्टमा आगलागी : दुईको मृत्यु २९ घाइते

सियोल, पुस ९ : सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा सोमबार भएको आगलागीमा दुइ जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ।
स्थानीय समय अनुसार बिहान ४ः ५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० वर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो।
आगलागीबाट निस्किएको धुुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन्।
करिब दूई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीको कारणबारे प्रहरी अनुसन्धान शुरू भइसकेको छ।
प्रकाशित मिति: १५:०४ बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)