Kathmandu Press

पत्रकार वीरेन्द्र साहका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ

वीरगञ्ज, फागुन २५ : बाराका पत्रकार वीरेन्द्र साहका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्।

आइतबार बिहान प्रहरीको टोलीले पत्रकार साहका हत....

पत्रकार वीरेन्द्र साहका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ
फाइल फाेटाे

वीरगञ्ज, फागुन २५ : बाराका पत्रकार वीरेन्द्र साहका हत्या अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन्।

आइतबार बिहान प्रहरीको टोलीले पत्रकार साहका हत्या अभियुक्त कुन्दन फौजदारलाई बारागढी गाउँपालिका–६, गडहलबाट पक्राउ गरेको हो। घरमै रहेकावेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पंगेनीले बताए।

उनलाई पक्राउ गर्न हवाइ फायर समेत गरिएको छ। उनका समर्थकले अवरोध गरेपछि चार राउन्ड हवाई फायर गरिएको एसपी पंगेनीले बताए।

पत्रकार साहको २०६४ असोज १८ गते अपहरण गरिएको थियो। बाराको पिपरा बजारबाट अपहरणमा परेका साह टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको खुलेको थियो।

त्यसमा मुख्य अभियुक्त कुन्दन फौजदार रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनी तत्काली नेकपा (माओवादी)मा संलग्न रहेका थिए। उनको नेतृत्वको माओवादीको टोलीले नै अपरहण पश्चात हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको थियो।

राजनीतिक पहुँकै आधारमा पक्राउ गर्न सकिएको थिएन्। प्रहरीले उनलाई फरार सूचिमा राखेको थियो।

अब उनलाई जिल्ला अदालतमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्