Kathmandu Press

आज १ सय १० औं नारी दिवस 

काठमाडौं, फागुन २५ : आज १ सय १० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने....

आज १ सय १० औं नारी दिवस 

काठमाडौं, फागुन २५ : आज १ सय १० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा सरकारले यो पटक औपचारिक कार्यक्रम भने गरेको छैन । फैलदो कोरोना भाइरस संक्रमणमा संवेदनशील बन्नुपर्ने भन्दै मन्त्रालयले आज प्रज्ञा भवनमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा मनाउने भनी घोषणा गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस स्थगित गरेको हो ।

गैर सरकारी संस्थाले भने चेतनामूलक कार्यक्रमहरु आयोजना गरेका छन् ।

प्रकाशित मिति: ०९:०२ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्