सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, पुस ९ : आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।
त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।
त्यसैगरि, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: ११:४५ बजे, सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












