दुई राप्रपाबीच एकता गर्ने सहमति, तीन जना अध्यक्ष समान हैसियतमा
काठमाडौं, फागुन २५ः कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदार....

काठमाडौं, फागुन २५ः कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुई पार्टीबीच एकीकरण भई पार्टीको नाम राप्रपा राख्ने सहमति भएको छ । अधिवेशन नभएसम्मका लागि तीनै जना कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने व्यवस्था मिलाइएको छ । एकताका सहमति पत्रमा तीनै जना अध्यक्षले हस्ताक्षर गरेका छन् ।
एकता घोषणा सभा भने फागुन २८ गते राष्ट्रिय सभा गृहमा गर्ने निर्णय गरिएको छ । हस्ताक्षर कार्यक्रममा तीनै जना अध्यक्षले भ्रष्ट्राचारलगायतको संकटबाट मुलुकलाई मुक्ति दिलाउन एकता गरिएको सुनाए ।
पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ । पार्टीको झण्डा राप्रपाको बर्तमान झण्डा गाई हुनेछ ।
यस्तै पार्टीको वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र, उदारवाद हुने एकीकरणसम्बन्धत्री आधारपत्रमा उल्लेख गरिएको छ ।











