जन्मदिनमा रक्तदान र स्वास्थ्य शिविर

काभ्रे, पुस ७: नेपाल तरुण दलको केन्द्रिय सदस्य सुधीर बैद्यले जन्मदिनका अवसरमा शहिद परिवारको सम्मान, खुल्ला रक्तदान र स्वास्थ्य शिविर
आयोजना गरेका छन्।
जन्मदिनको अवसरमा वैद्यले शनिबार बनेपामा खुल्ला रक्तदान, स्वास्थ्य शिविरका साथै बनेपाका शहिद परिवारका सदस्यलाई सम्मान गरेका हुन्।

कार्यक्रममा जनआन्दोलनका सहिद मुकेश कायश्थकी आमा मिरा कायश्थ र बासुदेव मुस्याजुको आमा रामकुमारीलाई सम्मान गरिएको थियो।
खुल्ला रक्तदान कार्यक्रममा १ सय भन्दा बढीले रक्तदान गरेको र स्वास्थ्य शिविरमा १ सयबढीले स्वास्थ्य परीक्षण गरेको बताइएको छ।
कार्यक्रममा नेपाली कांग्रेस बनेपाको पूर्वसभापतिहरू राम जोशी, रविन शाक्य, नगर सभापति महेश कर्माचार्य लगाएको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०:०३ बजे, शनिबार, पुस ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)