Kathmandu Press

विदेशमा अलपत्र पतिकाे उद्धारमा पहल नभएपछि आत्मदाह प्रयास

विदेशमा अलपत्र पतिकाे उद्धारमा पहल नभएपछि आत्मदाह प्रयास
Hardik ivf

झापा, पुस ६ : झापाको भद्रपुरमा एक महिलाले आफैंलाई आगो लगाउने प्रयास गरेकी छन्। वैदेशिक रोजगारीका लागि दुबई गएका पति अलपत्र परेपछि सरकारले उद्धारमा पहल नगरेको भन्दै उनले भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर आफैंलाई आगो लगाउने प्रयास गरेकी हुन्।

पेट्रोल छर्किन थालेपछि उनलाई त्यहाँ रहेका व्यक्तिहरुले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ। प्रहरीका अनुसार भद्रपुर नगरपालिका–८ फुलबारी निवासी ती महिलाका पति २८ असोजमा दुबई गएका थिए।

त्यहाँ उनलाई ११२० दिराम मासिक तलब दिएर फिनिसिङ कार्पेन्टरको काम लगाउने भनिए पनि
लेबरको काममा लगाएपछि ९ दिनमा बिरामी परेको पाइएको सूचना पाइएको प्रहरीले जनाएको छ। ती महिलालाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मा लगाएको छ। भद्रपुर नगरपालिकाले उनका पतिको उद्धारका लागि पहल गरिरहेको बताएको छ ।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, पुस ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्