प्राग गोली काण्ड दुःखद् घटना : गुटेर्रेस

काठमाडाैं, पुस ६ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले चेक गणतन्त्रको राजधानी प्रागस्थित विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताएका छन्।
महासचिवले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता स्टेफन दुजारिकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
महासचिवका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले चेक गणतन्त्रका जनता र सरकारप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पनि दोहोर्यएका छन्।
प्रागस्थित चाल्र्स युनिभर्सिटीमा बिहीबार एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका थिए।
चेक सरकारले बिहीबार राति गोली काण्डमा मारिएकाहरूको सम्झनामा शनिबार एक दिनको शोकको घोषणा गरेको छ।
प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, पुस ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)