Kathmandu Press

गाँजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघ्याे

विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन्।
गाँजा पट्टीमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघ्याे

गाजा (प्यालेष्टिनी अधिनस्थ क्षेत्र), पुस ५ :  गत अक्टोवरमा ७ मा इजरायली आक्रमण सुरु भए देखि डिसेम्बर २० सम्म गाजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजार भन्दा बढी ब्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी ब्यक्तिहरू बेपत्ता भएका छन्। इजरायली हमलामा कूल तीन सय दश चिकित्सा कर्मचारी, ३५ सैन्य कर्मचारी  तथा ९७ जना पत्रकारहरूको मृत्यु भएको विवरण थप भएको छ।  

Hardik ivf

हमलामा हेब्रोन र बेथलेहेमका वेस्ट बैंक सहरमा इजरायली सैनिकसँगको झडपमा दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ। गत अक्टोबर ७ मा इजरायल–प्यालेस्टिनी द्वन्द्वको दोस्रो चरणसुरु भएदेखि यस क्षेत्रमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीकोे सङ्ख्या ३०३ तीन पुगेको वाफा नामक प्यालेस्टिनी समाचार संस्थाले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ। 

इजरायली तालिका अनुसार इजरायलले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदलामा गाजामा निरन्तर आक्रमण गरिरहेको छ।

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्