Kathmandu Press

१६औं योजना सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय योजना आयोग

१६औं योजना सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय योजना आयोग

काठमाडौं, पुस ५ : राष्ट्रिय योजना आयोगले उत्पादन वृद्धिसहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै १६औं योजना सार्वजनिक गर्ने तयारी गरेको छ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आयोगले प्रदेश र स्थानीय तहको छलफलका सुझाव आइसकेको जानकारी दिँदै उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै छिटै १६औँ योजना सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएको हो।

Hardik ivf

संघीय स्वरुप अनुसार प्रदेशलाई महत्वपूर्ण भूमिका दिनुपर्ने, तीनै तहको अन्तरसम्बन्धलाई बलियो बनाउनुपर्ने, वित्तीय स्रोतको विनियोजन तथा आयोजना छनाेट गर्दा संघीय संरचनालाई ध्यान दिनुपर्ने लगाएतका सुझाव आएको आयोगले जनाएको छ।

पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले कोरोना महामारी, अन्तराष्ट्रिय परिघटनाका कारण १५औं योजनाका उपलव्धी अपेक्षित नदेखिएको बताए। उनले १६ औ योजना सम्भावना भएका आर्थिक लगाएतमा क्षेत्रमा लक्ष्य हासिल गर्नका लागि सुझाव सहितको योजना राखिएको जानकारी दिरे।  

उहाले कानून, जनशक्तिको अभावमा प्रदेशले पूर्णरुपमा काम गर्न नसकेकाले प्रदेशलाई पूर्णरुपमा काम गर्न सक्ने गरि सवै पूर्वाधार दिन सक्ने १६औं योजना सफल हुने दाबी गरे। 

प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्