Kathmandu Press

मौसम पूर्वानुमान : हावाहुरीसहित वर्षाको सम्भावना 

काठमाडौं, फागुन २४ : देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहि....

मौसम पूर्वानुमान : हावाहुरीसहित वर्षाको सम्भावना 

काठमाडौं, फागुन २४ : देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

देशको पश्चिमी भू-भागका केही स्थान लगाएत मध्य र पू्र्वी भू-भागका थोरै स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

शनिबार 

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति : देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी पहाडी भुभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार

देशको पूर्वी भूभागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भूभागका एक दुई स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

सोमबार

देशको पूर्वी भू भागमा आंशिकदेखि सामान्य बदली रही मध्य भू भागमा आशिंक बदली रहनेछ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, फागुन २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्