Kathmandu Press

कांग्रेस मधेस प्रदेशकाे सम्मेलन उद्घाटनका लागि सभापति देउवा जनकपुरधाममा

कांग्रेस मधेस प्रदेशकाे सम्मेलन उद्घाटनका लागि सभापति देउवा जनकपुरधाममा

जनकपुधाम, पुस ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनकपुरधाम आइपुगेका छन्। मधेस प्रदेशको प्रथम सम्मेलनका लागि उनी जनकपुरधाम आएका हुन्।

जनकपुरधामस्थित तिरहुतिया गाछीमा कांग्रेस मधेस प्रदेश सम्मेलन हुँदैछ। सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। ११ बजे उद्घाटन समारोह हुने भनिए अझै सुरू भएको छैन। सम्मेलन दुई दिनसम्म चल्नेछ। 

सम्मेलनका लागि मधेसका आठवटै जिल्लाबाट नेता–कार्यकर्ता भेला भएका छन्। बन्दसत्र भने भोलि महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने बताइएको छ। 

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्