Kathmandu Press

१ करोड ५० लाख निजी लगानीमा मन्दिर निर्माण

१ करोड ५० लाख निजी लगानीमा मन्दिर निर्माण

मनहरी, पुस ५ : हेटौंडाका  एक जना समाजसेवीले १ करोड ५० लाखको लगानीमा  मन्दिर निर्माण गरेका छन्।

हेटौंडा उपमहानगरपालिका–७ निवासी दलबहादुर खड्काले सोही वडाकोे  नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गरेका हुन्। 

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गरेका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गरे।  व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बनेका उनी बाल्यकालदेखि नै धर्मकर्ममा लागेका हुन्।  भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उनले बताए। 

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उनी बताउँछन्। सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुटेका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताए। वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो। (रासस)

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, पुस ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्