नेपाल एयरलाइन्सका ५ वटा जहाज लिलामीमा
आन्तरिक उडानका लागि निगमसँग ६ वटा जहाज थिए, सबै ३ वर्षदेखि उड्न सक्ने अवस्थामा छैनन्। एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो भने अन्य ग्राउन्डेड ५ जहाज बेच्न लागिएको हो।काठमाडौं, पुस ५ : नेपाल एयरलाइन्सले आफ्ना पुराना ५ वटा जहाज लिलामीमा राखेको छ।
बिहीवार एक सूचना जारी गर्दै एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामीमा राखेको जनाएको छ। एयरलाइन्सले गोप्य सिलबन्दी टेन्डर आह्वान गर्दै आउँदो फेब्रुअरी ४ सम्म म्याद राखेको छ।
चीनबाट किनेका ५ वटै जहाज ३ वर्षदेखि ग्राउन्डेड छन्। यी जहाज २०७७ साउन १५ देखि ग्राउन्डेड छन्।
आन्तरिक उडानका लागि निगमसँग ६ वटा जहाज थिए, सबै ३ वर्षदेखि उड्न सक्ने अवस्थामा छैनन्। एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो भने अन्य ग्राउन्डेड ५ जहाज बेच्न लागिएको हो।
आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा बेहोरिरहेको छ। साढे ४ अर्ब रुपैयाँ खरिद गरिएका यी जहाज उडानबाट निगमले वार्षिक औसत ३८ करोड घाटा बेहोरिरहेको छ।