Kathmandu Press

सामूहिक प्रयासले मात्रै आर्थिक विकासको ढोका खोल्छ  ः अध्यक्ष ढकाल 

सामूहिक प्रयासले मात्रै आर्थिक विकासको ढोका खोल्छ  ः अध्यक्ष ढकाल 

काठमाडौं, पुस ४ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले, सामूहिक र सभ्य प्रयासले मात्रै आर्थिक विकासको ढोका खोल्न सक्ने बताएका छन्। 

नेपालका लागि सभ्य देश कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रसँगको सम्झौतापछि उनले, नेपाली श्रम क्षेत्रको विकासको भिजनलाई व्यवस्थितरुपमा अघि बढाएर आर्थिक विकासको ढोका खोल्न सकिने विश्वास व्यक्त गरे।  कार्यक्रमले निजी क्षेत्रका श्रमिक र नेपाल सरकारसँग सहकार्यमा काम गर्ने प्रतिबद्धतालाई संकेत गरेको ढकालले बताए। उनले दुई संस्थाबीचको सम्झौताले आर्थिक सुधारको लागि प्रतिनिधित्व गर्ने समेत उल्लेख गरेका छन्। 

Hardik ivf

उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीचको सम्झौताले बलियो प्रतिबद्धता र सहकार्यमा काम गरेर आर्थिक सुधारको लागि गरिएको कामको प्रतिनिधित्व गर्छ।’ नेपालले पनि वर्तमानमा आर्थिक सङ्कटको समस्या भोग्दै आउनुमा छ हाम्रो आफ्नै अर्थव्यवस्थाको कारक रहेको ढकालको भनाई छ। 

नेपाली अर्थव्यवस्थामा समस्यासँगै सम्भावना पनि रहेको उल्लेख गर्दै ढकालले ‘नेपालका लागि सभ्य काम देश कार्यक्रम’ले आँउदो चुनौती र राम्रो भविष्यको लागि सम्भावनाको प्रतिनिधित्व गरेको बताए।  अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा सबै तहमा सामाजिक संवादको माध्यमबाट दस्तावेजको विकास गरेर सो कार्यक्रम बनाएको भन्दै उनले लिखित प्रतिबद्धता कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए। 

उनले भने, ‘मलाई विश्वास छ यसले हाम्रो प्राथमिकता, नेपाल र नेपाली श्रम क्षेत्रको विकासको भिजनलाई प्रतिनिधित्व गर्छ। महासंघ सहकार्यमा काम गर्न र कागजपत्रमा राखिएको अभ्यासलाई व्यवहारमा लागू गर्न सधैँ तयार रहने छ। म यहाँ उपस्थित भएका सबै व्यवसायीहरुलाई पनि सहकार्यमा काम गर्नको लागि आग्रह गर्न चाहन्छु।’
 

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्