Kathmandu Press

हात्तीको आक्रमणबाट मृत्यु

हात्तीको आक्रमणबाट मृत्यु

विराटनगर, पुस ४ : हात्तीको आक्रमणमा परी झापाको हल्दिबारीमा बुधबार एकजनाको मृत्यु भएको छ। मृत्यु हुने हल्दिबारी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सहयोगी कर्मचारी ६० वर्षीय पाथल राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान घरबाट करिब दुई सय मिटर पर उनलाई हात्तीले आक्रमण गरेको थियो। दुई सातायता झापा, मोरङ र सुनसरीमा गरी हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ।

जंगली हात्ती गाउँ छिरेर स्थानीय बासिन्दाको घर भत्काउने, अन्न र बाली खाइदिने साथै अरु भौतिक सम्पत्तिमा क्षति पुर्याउने क्रम बढेको छ। कतिपय गाउँहरुमा हात्तीबाट बच्न स्थानीय बासिन्दाले रात्रि गस्ती पनि गरिरहेका छन्।
 

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्