Kathmandu Press

सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछ : अर्थमन्त्री महत

सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछ : अर्थमन्त्री महत

उदयपुर, पुस ४ : अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन्। 
बुधवार आज उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका हुन्।

सबैको सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको बताउँदै उनले विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्न आवश्यक रहेको बताए। 

Hardik ivf

‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन। व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो। कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो रु यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं। विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ।’ उनले भने, ‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ। पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ। व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो।’ 

उदयपुर सिमेन्ट कारखाना जापान सरकारको सहयोगमा ४४ करोड लगानी भएको उल्लेख गर्दै उनले अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही नतिरेको बताए। 

उनले अगाडी भने, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ। व्यवसायिकतालाई हामीले महत्व दिएनौं। व्यवस्थापनको नेतृत्व पनि त्यस्तै। श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने। त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो।’ 
व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनको भनाई थियो। 
 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्