Kathmandu Press

कोरोना भाइरसको सन्त्रास : जनचेतना अभियान सञ्चालनमा जुट्यो कामपा  

काठमाडौं, फागुन २३ : चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा समेत संन्त्रास बढेको छ। उक्त भाइरसलाई ....

कोरोना भाइरसको सन्त्रास : जनचेतना अभियान सञ्चालनमा जुट्यो कामपा  

काठमाडौं, फागुन २३ : चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा समेत संन्त्रास बढेको छ। उक्त भाइरसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका गलत सूचना प्रवाहित गर्दा अझ बढी संन्त्रास फैलिरहेका बेला काठमाडौं महानगरपालिकाले बृहत जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ।

राष्ट्रियसभा गृहमा शुक्रबार महानगरले आयोजना गरेको कोरोना र डेंगे रोगको महामारी सम्बन्धी बृहत जनचेतना कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने बताए। ‘कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक छ,’ उनले भने,  ‘सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ। सहि सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएको छ।’ 

मेयर शाक्यले ३२ वटै वडामा अब जनचेतना मुलुक अभियान सञ्चालनको सुरुवात गरेको जानकारी दिँदै सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नु पर्नेमा जोड दिए।  ‘वनको बाघ होइन अहिले कागजको बाघले खाला भन्ने डरले बढी समस्या भएको छ,’ उनले भने,  ‘कोरोनाकै संन्त्रास बढाएर अहिले कालोबजारी समेत बढ्न थालेको छ। यसको नियन्त्रण जरुरी छ।’ 

मेयर शाक्यले गर्मी बढ्दै गएपछि अब विस्तारै डेंगेको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गरे।  ‘राज्यले दिएका आधिकारिक सूचनालाई मात्रै तपाईँहरुले आधार मान्नुहोला,’ उनले भने,  ‘महानगरपालिका भित्रका कुनै नागरिक यदि यस्ता रोगबाट संक्रमित भए भने उपचार गर्ने दायित्व हाम्रो हो  हामी निरन्तर प्रयासमा लाग्ने छौँ। तर, महामारी फैलियो भने नियन्त्रण बाहिर पनि जान सक्छ। त्यस्तो बेलामा समस्या हुन्छ। त्यसैले यस्तो महामारी आउनै नदिनका लागि हामी सबै सचेत भएर व्यवस्थापनमा लाग्नुपर्छ।’

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्