Kathmandu Press

भारतीय संसद् अब विपक्षीबिहीन, विपक्षी दलका १४१ सांसद निलम्बित

डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय संसद्को सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै विपक्षी दलका सांसदहरुले त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेर संसद् बैठक अवरुद्ध गरेका थिए । 
भारतीय संसद् अब विपक्षीबिहीन, विपक्षी दलका १४१ सांसद निलम्बित

काठमाडौं, पुस ४ : संसदको सुरक्षा भङ्ग भएको विषयमा सरकारसँग जवाफ माग गर्दा भारतीय संसद्मा मंगलबारसम्म १४१ विपक्षी सांसदलाई निलम्बित गरिएको छ । अब संघीय संसद् करिब–करिब विपक्षीविहीनजस्तै बनेको छ ।

डिसेम्बर १३ मा दुई युवा अचानक झ्यालबाट संसद्मा प्रवेश गरेको विषय संसद्को सुरक्षासँग जोडिएको गम्भीर विषय भन्दै विपक्षी दलका सांसदहरुले त्यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेर संसद् बैठक अवरुद्ध गरेका थिए । 

Hardik ivf

सरकारले त्यसबारे जवाफ दिनुको सट्टा विपक्षी सांसदहरूलाई नै निलम्बन गराएको हो । संसद्को सुरक्षा व्यवस्थामा खलल पु¥याउने गरी गतिविधि गर्ने दुई युवालाई सत्तारुढ भारतीय जनता पार्टीका एक सांसदले प्रवेश पास दिएको खुलेपछि विपक्षीदलका सांसद आक्रामक बनेका थिए । 

सो घटनापछि एक सातायता भारतीय संसद्मा तनाव छ भने यो साताभर गरी मंगलबारसम्म लोकसभाका ९५ र राज्यसभाका ४६ जना सांसदहरूलाई निलम्बन गरिएको छ । मंगलबारमात्रै ४९ जना सांसदलाई निलम्बन गरिएको हो । 

उनीहरूलाई जारी हिउँदे अधिवेशनको पूरै कार्यकाल संसद् बैठकमा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यता विपक्षी दलका नेताहरूले भनेसरकारको कदमलाई ‘लोकतन्त्रको उपहास’ भनेका छन् । 

‘सरकारले जानाजान संसद्बाट विपक्षीलाई बाहिर गरेको छ, ताकि आफूले ल्याएका विधेयकहरू चाहे जसरी कुनै बहस र छलफलबिनै सदनबाट पास होऊन्,’ कांग्रेस सांसद जयराम रमेशले भनेका छन्, ‘यसरी संसद्मा घुसपैठ गर्ने सांसदलाई मुक्ति दिने र सदनलाई कब्जामा पार्ने गरी भएको यो कदमले लोकतन्त्रकै उपहास भएको छ ।’

विपक्षीले विरोध जनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसबारे सरकारले छानविन गर्ने जवाफ बताउँदै आएका छन् । 

प्रकाशित मिति: ०७:५० बजे, बुधबार, पुस ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्