अर्थ सचिवको आक्रोश– ‘बजेटमै नभएको पैसा कहाँबाट ल्याउने?’
उनले विस्तारै देशको अर्थ अवस्था सुधारको क्रममा रहेको बताउँदै उनले भने, ‘हरेक मन्त्रालयसँग हरेक निकायले पैसा मागरिहेको छन्, तर मन्त्रालयसँग पास गरेको बाहेक पैसा कहाबाट ल्याउने?’काठमाडौं, पुस ३ : अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले बजेटमै नभएको पैसा कहाँबाट ल्याउने भन्दै आक्रोश पोखेका छन्।
प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बजेटको सिलिङ भन्दाबढी माग राखेर मन्त्रालय धाउने गरिएको भन्दै आक्रोश पोखे।
‘सिलिङ ५ लाखको राख्ने पछि ५० लाख पुगेन भनेर मन्त्रालयमा आउने गरेको पाइन्छ। सम्बन्धित मन्त्रालयहरुलाई कति पैसा चाहिन्छ सरकारको अवस्था हेरेर आफूलाई आवश्यक हुने पैसा तत्कालै राख्नु पर्यो यसो भएपछि अर्थ मन्त्रालयसँग मागि रहन पर्दैन्। संसदले पास गरेकोभन्दा बढि बजेट अर्थमन्त्रालयमा हुँदैन,’ उनले भने।
उनले विस्तारै देशको अर्थ अवस्था सुधारको क्रममा रहेको बताउँदै उनले भने, ‘हरेक मन्त्रालयसँग हरेक निकायले पैसा मागरिहेको छन्, तर मन्त्रालयसँग पास गरेको बाहेक पैसा कहाबाट ल्याउने?’
उनले बजेट पास भएपछि रकमान्तरण गर्नुपर्ने अवस्था राम्रो नभएको भन्दै त्यसले अर्थ मन्त्रालय समस्यामा परेको बताए।
‘हामीले पैसा ल्याउनको लागि एउटा स्थानको बजेट बाटेर अर्को स्थानमा दिनु पर्ने हुन्छ। हामीले अहिले मलको पैसा काटेर यता उखुमा ५२ करोड दिएको छौ भोली मलमा नपुग्ने अवस्था हुन्छ,’ उनले भने, ‘अर्थमन्त्रालयमा यस्तै खालको पीडा छ।’