Kathmandu Press

हेटौंडा सिमेन्टलाई एक बोरामै १५० रुपैयाँ घाटा

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन्।
हेटौंडा सिमेन्टलाई एक बोरामै १५० रुपैयाँ घाटा

मकवानपुर, पुस ३ : सरकारी सिमेन्ट कम्पनी हेटौंडा सिमेन्टले प्रति बोरा १ सय ५० रुपैयाँ घाटा बेहोरिरहेको छ।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले मंगलबार संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बजार प्रतिष्पर्धा गर्न नसक्दा उद्योगको घाटा बढेको बताएका छन्।

Hardik ivf

प्रविधिको सुधारमा लगानी बढाउन नसक्दा उद्योग धरासायी भएको उनले जिकिर गरेका छन्।

‘हेटौंडा सिमेन्ट उद्योगको प्राविधिक अवस्था राम्रो छैन । करिब ४० वर्ष पुरानो टेक्नोलोजी, मेसिनले नयाँ प्रविधिका उत्पादनसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ? प्रति बोरा १ सय ५० रुपैयाँ घाटा हुने गरेको छ,’ उनले भने, ‘यस्तै हामीसँग भएको प्रविधिको विद्युत खपत बढी छ, उत्पादन कम छ । अहिलेको नयाँ प्रविधिको ठिक उल्टो छ।’

समितिको बैठकमा हेटौंडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल भएको थियो।

 

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, पुस ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्