प्रतितोला २ सय बढ्यो सुनको मूल्य
सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो।
काठमाडौं, पुस ३ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ।
सोमबार स्थिर रहेको सुनको मूल्य प्रतितोला २ सयले बढेर आज छापावाल सुन १ लाख १८हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम रहेको महासंघले जनाएको हो।
मंगलबार छापावाला र तेजाबी सुुनमा समान २ सय रुपैयाँ बढेको हो।
यस्तै, आज चाँदीको मूल्यमा पाँच रुपैयाँ घटेको छ। सोमबार स्थिर रहेको चाँदीमा आज ५ रुपैयाँ घटेर प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएको महासंले जनाएको छ।
प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












