Kathmandu Press

कोरोनाको संक्रमण रोक्न अमेरिकाद्वारा नेपाललाई पिपिई हस्तान्तरण

काठमाडौं, फागुन २३  : कोरोना भाइरसको प्रकोप रोक्न नेपाल सरकारका प्रयासलाई मदत गर्दै अमेरिकी सरकारले अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस....

कोरोनाको संक्रमण रोक्न अमेरिकाद्वारा नेपाललाई पिपिई हस्तान्तरण

काठमाडौं, फागुन २३  : कोरोना भाइरसको प्रकोप रोक्न नेपाल सरकारका प्रयासलाई मदत गर्दै अमेरिकी सरकारले अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा शुक्रबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले यी सामग्री प्रदान गरेको हो।

अमेरिकाले तीन हजार मास्क, दुई हजार पाँच सय चेहरा कवच, दुई हजार जुत्ता ढाक्ने खोल, दुई हजार एक सय सर्जिकल टोपी, एक हजार ट्राउजर तथा ट्युनिक, र १० वटा थर्मो फ्ल्यास थर्मोमिटर प्रदान गरेको छ। 

उक्त सामग्री कोरोना भाइरस संक्रमण भएको व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्नेछन्। प्राप्त सामग्रीको एक भाग भाग देशमा कोरोना भाइरसको प्रकोप फैलिएमा प्रतिक्रिया जनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालभरका राष्‍ट्रिय तथा क्षेत्रीय गोदाममा पनि अग्रिम रूपमा राख्‍नेछ। 

यसअघिपनि अमेरिकी सरकारको रक्षा सहकार्य कार्यालयले वुहान सहरबाट उद्धार गरिएका विद्यार्थीको क्वारेन्टाइन कार्यमा मद्दत गर्न सेनालाई सामग्री प्रदान गरेको थियो । जसमा चिकित्सकीय व्यक्तिगत सुरक्षा उपकरण सात थान, लेटेक्स पन्जा चार सय थान, र जैविक जोखिमका वस्तु बोक्ने झोला एक सय १० थान हस्तान्तरण गरेको थियो।

सामग्री हस्तानतरण गर्दै नेपालकी कार्यवहाक प्रमुख एड्रिएना हेजले पिपिई सामाग्रीले गुणस्तरीय, जीवनरक्षक स्वास्थ्यसेवामा सबै नेपाली जनताको पहुँच सुनिश्‍चित गर्नेप्रति अमेरिकी सरकारको दीर्घकालीन कटिबद्धताको पुनः पुष्‍टि गर्ने बताइन्।

समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव कोइरालाले यी सामाग्रीको प्रयोग अग्रपङ्क्तिमा रही कोरोना भाइरसको प्रसार रोकथाममा  कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा गर्ने बताए।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्