विद्युत् प्राधिकरणका सहायक प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, फागुन २३ : नेपाल विद्युत प्रधिकरण विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद....

काठमाडौं, फागुन २३ : नेपाल विद्युत प्रधिकरण विद्युत वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्धा दर्ता गरेको छ । केन्द्र प्रमुख इन्जिनियर शेरबहादुर सुनारविरुद्ध मुद्दा दर्ता भएको हो।
कार्यालय भवनको तला थप गर्ने काम सकिएपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा महोत्तरी बर्दिबासबाट गएको आयोगको टोलीले उनलाई पक्राउ गरेको हो। इन्जिनियर सुनारले घुस रकम सोही कार्यालयका हलुका सवारीचालक टेकबहादुर खड्कालाई लिन पठाएका थिए। खड्काले सेवाग्राहीबाट ७५ हजार रुपैयाँ लिई भागेका थिए।
भागेका खड्कालाई अख्तियारको टोलीले कमलामाई नगरपालिका ७ पानीट्यांकी जानेबाटोबाट र इन्जिनियर सुनारलाई निजकै कार्यालयबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।











