Kathmandu Press

सशस्त्रका प्रहरी निरीक्षक चापागाईविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक खगेन्द्र चापागाईंविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

झ....

झापास्थित सशस्त्र प्रहरी बल बिओपी टांघनडुब्बामा कार्यरत रहेका बेला उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस मागेका थिए।

उनले व्यापार व्यवसाय गर्न सहज गरिदिने भन्दै पटकपटक दुःख तथा हैरानी दिएर ५० हजार रुपैयाँ लिन राजी भएको अभियोग पत्रमा उल्लेख छ। उनलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालतमा मुद्दा दायर गरेको छ।

उनले घुस मागेको तर नलिएकाले आधा सजाय गर्न पनि माग गरेका छन्।
 
प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्