Kathmandu Press

सरकारी निकायमा दोभाषे राख्छौं : मुख्यमन्त्री कार्की

राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले दोभाषे राख्ने प्रतिबद्धता जनाएका हुन्। 
सरकारी निकायमा दोभाषे राख्छौं : मुख्यमन्त्री कार्की
Hardik ivf

विराटनगर, पुस २ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन्। 

राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले दोभाषे राख्ने प्रतिबद्धता जनाएका हुन्। प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत ल्याउन माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधिबनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका हुन्।
 
त्यस्तै उनले प्रतिस्थापन विधेयक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेको बताए। मुख्यमन्त्री कार्कीले दोभाषेहरुको पेशागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे। 

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, पुस २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्