Kathmandu Press

केन्द्र सरकारविरूद्ध प्रदेश सरकारले मुद्दा हाल्ने

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतमा प्रदेश २ सरकार आफैले संघीय सरकारविरूद्ध मुद्दा हाल्ने निर्णय गरेको छ। प्रदेश २ को वीरगञ्जमा रहेको चिनी मिलक....

केन्द्र सरकारविरूद्ध प्रदेश सरकारले मुद्दा हाल्ने

काठमाडौं, फागुन २३ : सर्वोच्च अदालतमा प्रदेश २ सरकार आफैले संघीय सरकारविरूद्ध मुद्दा हाल्ने निर्णय गरेको छ। प्रदेश २ को वीरगञ्जमा रहेको चिनी मिलको जग्गा बेच्ने संघीय सरकारले निर्णय गरेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चको संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारका प्रधानमन्त्री केपी ओलीलाई पटकपटक भन्दा पनि नमानेपछि अन्तिम विकल्पको रुपमा सर्वोच्च जाने बताए। प्रदेशको मातहतमा रहेको चिनी मिल संघीय सरकारले थाहा नै नदिइ बेच्न लागेको उनको आरोप छ ।

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्