Kathmandu Press

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा आइतबार सरोकारवासँग बसेको बैठकले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

काठमाडौं, पुस १ : सरकारले उखु किसानहरूलाई ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा आइतबार सरोकारवासँग बसेको बैठकले उखु किसानहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Hardik ivf

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवरुलगायत उपस्थित थिए। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ। 
 

प्रकाशित मिति: १७:१९ बजे, आइतबार, पुस १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्