Kathmandu Press

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन २३ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र ह....

मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन २३ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायुको प्रभावसँगै पश्चिमी वायु र जलवायुक्त हावाको प्रभाव रहेकाले देशैभर मेघ गर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। 'मध्यन्नबाट देशैभरि बदली भई हावाहुरी, मेघ गर्जन, चट्याङ र असिनासहित वर्षा हुनेछ', उनले भनिन्। लगातर ठूलो वर्षा नभई क्षणिक वर्षा हुने बताइएको छ। वर्षा छोटो समय हुनेछ उपत्यकाका पनि दिउँसो बदली भई वर्षा हुने औँल्याएको छ। 
 
उक्त प्रणालीको प्रभाव पश्चिमी भेगमा बढी पर्ने जनाएको छ।  हाल देशको मध्य तथा पूर्वी भूभागलगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। 

शनिबार देशभर सामान्य बदली रही देशको धेरैजसो स्थानमा हावाहुरी मेघ गर्जन चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको बताइएको छ। 

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन चट्याङ हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको र यसका साथै उच्च पहाडी र तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री र अधिकतम ताफक्रम २२ दशमलव ८ डिग्री सेल्सियस रहेको छ। यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्