Kathmandu Press

तीन बन्धकको गल्तीवश मृत्यु, इजरायल सरकारद्वारा दुःख व्यक्त

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो।हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए।
तीन बन्धकको गल्तीवश मृत्यु, इजरायल सरकारद्वारा दुःख व्यक्त

तेल अभिभ, मंसिर ३० : इजरायलले गाजामा बन्धक बनाइएका तीन जना कैदीको गल्तीबस मृत्यु भएको भन्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ।इजरायली सेनाले उक्त घटनालाई लिएर तेल अभिभमा भएको प्रदर्शनप्रति पनि सेनाले खेद व्यक्त गरेको छ।

इजरायली सेनाका अनुसार योतम हैम, एलन शम्रिज र समर अल–तलालकालाई गाजा शहरको सीमा क्षेत्रमा अपरेशनको क्रममा गोली हानिएको थियो।हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका अनुमानित २४० व्यक्तिमध्ये यी तीन जना पनि थिए।

Hardik ivf

इजरायली रक्षा बलका प्रवक्ता डेनियल हागारीले भने, 'शेजैयामा भएको लडाइँको क्रममा इजरायली रक्षा बल (आइडिएफ) ले गल्तीले तीन जना इजरायली बन्धकलाई खतराको रूपमा पहिचान गरेको थियो र फलस्वरूप उनीहरूमाथि गोली चलायो र बन्धकहरू मारिए।' आइडिएफ यस दुखद घटनाको बारेमा गहिरो दुःख व्यक्त गर्दछ र परिवारको दुःखमा साझेदारी गर्दछ।

उनीहरूको शव इज्रायलमा सारिएको थियो अनुसन्धानबाट उनीहरू २८ वर्षीय र हेम, २५ वर्षीय एल–तालल्का र २६ वर्षीय शाम्रिज भएको पुष्टि भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले उनीहरूको मृत्युलाई ‘सहन कठिन दुखद’ घटना भनेका छन्।' सम्पूर्ण इजरायल आफ्नो क्षतिप्रति दुःखी छन्,' उहाँले भने। ह्वाइट हाउसले पनि यो घटनालाई ‘दुःखद गल्ती’ भनेको छ।

घटनाको खबर फैलिएपछि तेल अभिभस्थित इजरायलको रक्षा मन्त्रालयमा सयौं मानिस भेला भएका थिए र नेतन्याहूको सरकारलाई हमास शासित क्षेत्रमा रहेका १२९ जना बन्धकको रिहाइका लागि आग्रह गरेका थिए। प्रदर्शनकारीहरूले इजरायलको झण्डा र प्लाकार्ड बोकेका देखिन्थ्यो। एउटा प्लाकार्डमामा लेखिएको थियो, 'हरेक दिन एक जना बन्धकको मृत्यु हुन्छ।'

'मलाई डर लागिरहेको छ,’ हमासले बन्धक बनाएक एक महिला इटे स्विस्कीकी बहिनी मेराभ स्विस्कीले भने, 'हामी अहिले नै बन्धकका लागि सम्झौता गर्नका लागि माग गर्छौं।' गत नोभेम्बरमा इजरायली जेलमा रहेका केही प्यालेस्टाइनीहरूको बदलामा १०० भन्दा बढी बन्धकहरूलाई हमासलद्वारा मुक्त गरिएको थियो। त्यसपछि त्यो सम्झौता अन्त्य भएको छ र लडाइँ फेरि सुरु भएको छ।

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, मंसिर ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्