छरपष्ट होइन, एकजुट भएर कोरोनाविरुद्धको तयारीमा जुटौं : गगन थापा
काठमाडौं, फागुन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसबाट तर्सने होइन सतेच हुनुपर्नेमा जोड दिएका छन्।
....
काठमाडौं, फागुन २३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरसबाट तर्सने होइन सतेच हुनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ। हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन।’ सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु,’ उनले भने, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं।’
उनले कोरोनाभाइरस संक्रमणबाट जोगिन एक्सन प्लान बनाउनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकार मिलेर एकीकृत प्रयासमा जुट्नुपर्ने उनको भनाई छ।
प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784539922.jpg)