Kathmandu Press

बाजा बजाउन गएका साने ७ दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल 

काठमाडौं, मंसिर १९ : रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बाट बेपत्ता भएका साने भनिने ७१ वर्षीया रामबहादुर दमाई ७ दिन बित्दासमेत घर नफर्किएपछि परिवार चिन्तामा परेका...
बाजा बजाउन गएका साने ७ दिनदेखि बेपत्ता, खोजी गरिदिन परिवारको अपिल 

काठमाडौं, मंसिर १९ : रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बाट बेपत्ता भएका साने भनिने ७१ वर्षीया रामबहादुर दमाई ७ दिन बित्दासमेत घर नफर्किएपछि परिवार चिन्तामा परेका छन्। 

साने यही मंसिर १३ गते गाउँकै बिहे समारोहमा बाजा बजाएर फर्कने क्रममा बीच बाटोबाटै बेपत्ता भएका थिए। उनीसँगै गएका ठुलाकान्छा भनिने बीरे दमाईका अनुसार आफूलाई शौच आएपछि साथमा रहेका सानेलाई बाटोमै बस्न भन्दै शौचालय छिरेका थिए । 

शौचालय बाट फर्किँदा सानेलाई नदेखेको र साँझ पनि परिसकेको हुनाले घर गयो भन्ठानेर आफू पनि घर गएको बीरेले बताएका छन्। तर बाटोबाटै बेपत्ता भएका साने भने अझै पनि घर पुगेका छ्रैनन् । 

साने घर नआएपछि उनका परिवार र छिमेकीले खोजी गरेपनि हालसम्म भेटिएका छै्रनन्। खोजीका लागि स्थानीय प्रशासन र जनप्रतिनिहरुलाई गुहारे पनि बेवास्ता गरेको परिवारको आरोप छ। 

स्थानीय दीपक सुन्दासले साने बेपत्ता भएको ठाउँ वरपर मात्र प्रहरीले सामान्य खोजतलास गरेको बताए। लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का लगायत स्थानीय जनप्रतिनिधिहरुलाई घटनाबारे जानकारी गराइएको भएपनि खोजीका लागि कुनै पहल नभएको परिवारले बताए। 

खोजी कार्यमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन,पत्रकार ,युवा  र स्थानीय अगुवालाई सहयोग गर्न सुन्दासले अनुरोध गरेका छ्न्।

प्रकाशित मिति: १७:०९ बजे, आइतबार, मंसिर १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्