Kathmandu Press

क्रिकेट : वर्ल्ड टेस्ट च्याम्पियनसिपको नयाँ युग

आयोजक बेलायत र अष्ट्रेलियाले एजबास्टनमा बिहीबार खेल्ने एशेस श्रृङ्खलाको “ओपनिङ”ले बहुप्रतिक्षित वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्ल्युटिसि) पनि सुरू हुनेछ। टे....

क्रिकेट : वर्ल्ड टेस्ट च्याम्पियनसिपको नयाँ युग
राेयटर्स
Hardik ivfHardik ivf

आयोजक बेलायत र अष्ट्रेलियाले एजबास्टनमा बिहीबार खेल्ने एशेस श्रृङ्खलाको “ओपनिङ”ले बहुप्रतिक्षित वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्ल्युटिसि) पनि सुरू हुनेछ। टेस्ट क्रिकेट अब द्विपक्षीय मामिला मात्रै रहने छैन।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि) क्रिकेटको सबैभन्दा लामो स्वरूपको अर्थपूर्ण प्रतियोगिता सिर्जना गर्न लागिपरेको छ। प्रत्येक टोलीले दुई इनिङ्ग र पाँच दिनसम्म खेल्ने टेस्ट क्रिकेटलाई डब्लयुटिसिले थप उर्जा दिने अपेक्षा गरिएको छ।

दुई वर्षसम्म चल्ने लिगमा टेस्ट क्रिकेट खेल्ने विश्वका शीर्ष नौ देश भिड्नेछन्। टेस्ट श्रृङ्खलालाई अर्थपूर्ण बनाउन प्रतियोगिताको डिजाइन गरिएको छ।

“विश्व टेस्ट च्याम्पियनसिपले द्विपक्षीय टेस्ट क्रिकेटलाई आउने दुई वर्षसम्म अझ सान्दर्भिक र महत्वपूर्ण बनाउनेछ। एकदिवसीय र टिट्वेन्टीमा महिला र पुरूषले विश्वकप खेलेजस्तै पाँच दिने स्वरूपमा यो शीर्ष प्रतियोगिता हुनेछ,” आइसिसिका महाप्रबन्धक ज्येफ अलार्डाइसले भने।

के हो वर्ल्ड टेस्ट च्याम्पियनसिप?

विश्वको उत्कृष्ट टिम चयन गर्न विश्वका नौ शीर्ष टिमले आउने दुई वर्षसम्म “होम” र “अवे”मा तीन श्रृङ्खला खेल्नेछन्। प्रत्येक खेलका लागि अङ्क प्रदान गरिनेछ। सबैभन्दा धेरै अङ्क ल्याउने दुई टिमले जून २०२१ मा लर्ड्समा वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेछन्। विजेताले वर्ल्ड टेस्ट च्याम्पियन्सको ताज पाउनेछ। प्रतियोगिताले प्रत्येक दुई वर्षमा नयाँ विजेता पाउनेछ। प्रत्येक श्रृङ्खलामा न्युनतम दुई र अधिकतम पाँच टेस्ट खेल्नुपर्नेछ। डब्ल्युटिसिबाहेकका “म्याच” पनि खेल्न पाइनेछ तर डब्ल्युटिसि अन्तर्गत तोकिएका खेलमात्रै च्याम्पियनसिपमा गणना हुनेछ।

कुन कुन हुन खेल्ने देशहरू?

पहिलो चरणमा अष्ट्रेलिया, बंगलादेश, बेलायत, भारत, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्नेछन्। बाँकी तीन देश – अफ्गानिस्तान, आयरल्यान्ड र जिम्बाब्वेले टेस्ट खेल्नसक्छन् तर ती खेलहरू डब्ल्युटिसि अन्तर्गत गणना हुने छैनन्। दोश्रो चरण जून २०२१ देखि अप्रिल २०२३ सम्म हुने तय गरिएको छ।

कस्काे अ‌ङ्क कति?

प्रत्यके श्रृङ्खलाका लागि १२० अङ्क प्रदान गरिनेछ। यो अङ्कलाई विभिन्न खेलमा प्रदान गरिनेछ। उदाहरणका लागि, दुई टेस्ट श्रृङ्खला भए प्रत्येक “म्याच”का लागि ६० अङ्क दिइनेछ। तीन टेस्ट श्रृङ्खला अन्तर्गत प्रत्येक खेलका लागि ४० अङ्क दिइनेछ। पाँच टेस्टको एशेस श्रृङ्खला अन्तर्गत प्रत्येक खेलका लागि २४ अङ्क तोकिनेछ। “टाइ” भए आधा अङ्क र “ड्र” भए एक तिहाइ अङ्क प्रदान गरिनेछ।

फाइनलमा टाइ वा ड्र भए?

फाइनल खेलमा “टाइ” वा “ड्र” भए दुवै टिमलाई संयुक्त रूपमा च्याम्पियन घोषणा गरिनेछ। डब्ल्युटिसिको पहिलो चरणमा पाँच दिने खेल हुनेछ। यसमा “डे नाइट” खेल पनि समावेश गरिनेछ।

कसले के भने?

विराट कोहली, कप्तान, भारत – हामी आइसिसि वर्ल्ड टेस्ट च्याम्पियनसिपको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छौं। यसले खेलको सबैभन्दा लामो स्वरूपलाई सान्दर्भिकता र महत्व थप्नेछ। टेस्ट क्रिकेट एकदमै चुनौतीपूर्ण हुन्छ। क्रिकेटको यो परम्परागत स्वरूपको शीर्ष स्थानमा उक्लिन पाउनु गर्वको विषय हुनेछ। पछिल्ला वर्षहरूमा भारतीय टिमले राम्रो प्रदर्शन गरेको छ। यो प्रतियोगितामा पनि धेरै मेहनत गर्नेछ।

टिम पेन, कप्तान, अष्ट्रेलिया – वर्ल्ड टेस्ट च्याम्पियनसिप एउटा शान्दार प्रयास हो। हामीलाई टेस्ट क्रिकेट खेल्न मनपर्छ। यो हाम्रो लागि शिखर हो। अष्ट्रेलियामा एकदमै लोकप्रिय पनि छ। स्वदेशमा खेलाडी, सञ्चारमाध्यम र जनताले पनि अत्यधिक मनपराउँछन्। हामी असाध्यै भाग्यमानी छौं। “ब्यागी ग्रिन” लगाउने सबै अष्ट्रेलियाली क्रिकेटरको चाहना हुन्छ। सबै देशले टेस्टलाई उच्च प्राथमिकता दिएको डब्ल्युटिसिले सुनिश्चित गर्न सहयोग गर्छ भने समग्र खेलका शुभ समाचार हो। विशेष गरी यसतो स्वरूपको खेलको निरन्तरतामा ठूलो योगदान पुग्नेछ।

फाफ डु प्लेसिस, कप्तान, दक्षिण अफ्रिका – अन्ततस् टेस्ट क्रिकेटलाई उचित महत्व दिने खेल खेल्न पाउने भयौं। यो महत्वपूर्ण खेल हो। यसमा प्रत्येक श्रृङ्खलाको महत्व छ। यसले ताजापन ल्याएको छ। टेस्ट क्रिकेटको यो नयाँ अध्याय खेल्न हामी उत्साहित छौं।

जेम्स एन्डर्सन, फास्ट बोलर, बेलायत – टेस्ट क्रिकेट हाम्रो खेलको शिखर हो। यहि नै क्रिकेटको आत्मा हो। अधिकांश खेलाडी क्रिकेटको सबैभन्दा शुद्ध स्वरूप खेल्न लालायित हुन्छन्। आइसिसि वर्ल्ड टेस्ट च्याम्पियनसिप क्रिकेटका लागि अर्को उत्कृष्ट प्रयास हो। यसले प्रत्येक टेस्ट श्रृङ्खलालाई सन्दर्भ र महत्व थप्नेछ। सबै टेस्ट महत्वपूर्ण हुन्छन् तर अब अझै बढ्नेछ।

(याे लेख राेयटर्सबाट नेपाली अनुवाद गरिएकाे हाे)
 

प्रकाशित मिति: १५:१५ बजे, शनिबार, साउन १८, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्