Kathmandu Press

राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला

काठमाडौं, भदौ ३० : सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गर्दै दुई जना पदाधिकारी नियुक्त गरेको छ ।भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा...
राष्ट्रिय भूमि आयोग गठन, अध्यक्षमा केशव निरौला
Hardik ivfHardik ivf

काठमाडौं, भदौ ३० : सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गर्दै दुई जना पदाधिकारी नियुक्त गरेको छ ।

भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएका छन् ।

अध्यक्ष नियुक्त भएका निरौला कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य तथा नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष समेत हुन् । आयोगमा अरु सदस्यहरु भने नियुक्त भएका छैनन् ।

सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्