Kathmandu Press

मोदीले आईपीएस अफिसरहरूलाई सम्झाए- नेपाल हाम्रो छिमेकी मात्र होइन, सुख, दुःखको साथी पनि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘इन्डियन पुलिस सर्भिस’ (आईपीएस) अफिसरहरूलाई छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने सम्झाएका छन्।
मोदीले आईपीएस अफिसरहरूलाई सम्झाए- नेपाल हाम्रो छिमेकी मात्र होइन, सुख, दुःखको साथी पनि

काठमाडौं, साउन १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘इन्डियन पुलिस सर्भिस’ (आईपीएस) अफिसरहरूलाई छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने सम्झाएका छन्।

आईपीएस अफिसरहरूसँगको अन्तरसंवादमा मोदीले भारतका छिमेकी मुलुकहरू सुख, दुःखका साथी पनि भएको सम्झाएका हुन्। भारतीय सुरक्षाकर्मीले सधैँ शत्रुवत व्यवहार गर्ने गरेको गुनासो उसका छिमेकी मुलुकमा नागरिकले गर्दै आएका छन्। 

Hardik ivf

‘नेपाल होस्, भुटान होस्, माल्दिभ्स होस् या मौरिसस, हामी (भारत) उनीहरूका छिमेकी मात्र होइनौँ, हाम्रो सोच र सामाजिक तौरतरिकामा पनि धेरै समानता छ,’ मोदीले भने, ‘हामी सबै सुख, दुःखका साथी हौँ। जब कुनै विपत्ति आउँछ, सबैभन्दा पहिले हामी एकअर्कालाई मद्दत गर्छौँ।’

महाकाली नदी तर्दै गरेका नेपाली नागरिक भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटिदिँदा नदीमा बेपत्ता भएको घटनाको भोलिपल्ट प्रधानमन्त्री मोदीले आफ्ना प्रहरी अधिकृतहरूलाई छिमेकी मुलुक र तिनका नागरिकहरूसँग असल व्यवहार गर्न सम्झाएका हुन्। महाकालीमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकप्रति गरेको अमानवीय घटनाको नेपालमा चौतर्फी विरोध भइरहेको छ।

‘तपाईंहरूले सधैँ याद राख्नुपर्छ, तपाईंहरू भारतको ध्वजावाहक पनि हुनुहुन्छ,’ मोदीले भने, ‘त्यसकारण तपाईंहरूको हरेक एक्सन, हर गतिविधिमा नेसन फस्ट, अल्वेज फस्ट अर्थात् राष्ट्र प्रथम र सदैव प्रथमको भावना प्रतिविम्बित हुनुपर्छ।’

प्रकाशित मिति: १२:४४ बजे, शनिबार, साउन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्