Kathmandu Press

भिसा ढिला आउँदा सन्दीपले गुमाए टि–२० ब्लास्ट

काठमाडाैं, जेठ २३ : भिसा ढिला आउँदा नेपाली क्रिकेटर सन्दीप लामिछाले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टि–२० ब्लास्ट प्रतियोगिता गुमाएका छन् । बेलायतको भिसाा...
भिसा ढिला आउँदा सन्दीपले गुमाए टि–२० ब्लास्ट

काठमाडाैं, जेठ २३ : भिसा ढिला आउँदा नेपाली क्रिकेटर सन्दीप लामिछाले इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी टि–२० ब्लास्ट प्रतियोगिता गुमाएका छन् । बेलायतको भिसाा शनिबार मात्र आएकाले ९ जुनबाट सुरु हुने टि–२० ब्लास्ट सन्दीपले गुमाएका हुन्।

नेपालबाट बेलायत जाँदा तेस्रो मुलुकमा १४ दिन क्वारेन्टिनमा बसेर मात्र जानु पर्ने भएकाले सन्दीपले टि–२० ब्लास्ट गुमाएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए । 

Hardik ivf

‘शुक्रबार मात्र भिसा आयो, त्यसैले पाउँदा टि–२० ब्लास्टमा जान ढिलाइ भएको हो,’ उनले भने, ‘नेपालबाट इंग्ल्यान्ड जानका लागि तेस्रो मुलुकमा १४ दिन बिताएपछि मात्र पाइन्छ। जसका कारण सन्दीप अझै तीन साता इंग्ल्यान्ड पुग्न लाग्ने भएपछि टि–२० ब्लास्टका सुरुवाती खेल गुमाउने पक्का भएको थियो।’

टि–२० ब्लास्टमा सन्दीप वर्सेस्टसायर र्‍यापिडमा आबद्ध थिए । भिसाका कारण सन्दीपले नखेल्ने भएपछि उनको स्थानमा वर्सेस्टसायर र्‍यापिडले अर्को विदेशी अनुबन्धन गर्ने तयारी गरेको छ।

सिवाकोटीका अनुसार सन्दीपले टि–२० ब्लास्ट गुमाए पनि ‘द हन्ड्रेड’ भने खेल्नेछन्। ‘द हन्ड्रेड’ २१ जुलाईदेखि २१ अगस्तसम्म आयोजना हुने छ। प्रतियोगिताका लागि सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध छन्।

अब द हन्ड्रेड खेल्नका लागि कहाँबाट र कसरी जाने विषयमा एक–दुई दिनमा टुंगो लाग्ने सिवाकोटीले बताए । सन्दीपले डेढ महिनाअघि बेलायतको भिसाका लागि आवेदशन दिएका थिए।

प्रकाशित मिति: ११:१३ बजे, आइतबार, जेठ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्