Kathmandu Press

आईसिसीले बढायो विश्वकपमा सहभागी टिमको संख्या

काठमाडाैं, जेठ १९ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने निर्णय गरेको छ। आईसिसीले मंगलबार सन् २०२४ देखि २०३१...
आईसिसीले बढायो विश्वकपमा सहभागी टिमको संख्या

काठमाडाैं, जेठ १९ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने निर्णय गरेको छ। आईसिसीले मंगलबार सन् २०२४ देखि २०३१ सम्मको ‘फ्युचर टुर्स कार्यक्रम’अन्तर्गत एकदिवसीय र टि–२० विश्वकपमा सहभागी टिमको संख्या बढाउने निर्णय गरेको हो।

यो ८ वर्षबीचमा आयोजना हुने एकदिसीय विश्वकपमा आईसिसीले सहभगाी टिमको संख्या १४ पुर्‍याएको छ भने टि–२० विश्वकपमा २० टिम सहभागी हुने छन्। अहिले एकदिवसीय विश्वकपमा १० र टि–२० विश्वकपमा १६ टिम सहभागी हुँदै आएका छ्न्।

यस्तै आईसिसीले सन् २००४ देखि टि–२० विश्वकप प्रत्येक २ वर्षमा आयोजना गर्ने निर्णय गरेको छ। यस्तै, आईसिसीले आईसिसीले च्याम्पियन्स ट्रफी र टेस्ट च्याम्पियनसिप पनि पुनः सुरु गर्ने निणर्य गरेको छ । च्याम्पियन्स ट्रफी प्रत्येक ४ वर्षमा हुने छ भने टेस्ट च्याम्पियनसिप प्रत्येक दुई वर्षमा हुने छ।

आईसिसीई यो निर्णय पुरुष क्रिकेटमा ८ वर्षका लागि भएको उल्लेख गरेको छ। महिला क्रिकेटको सेड्युल भने आईसिसीले यसअघि नै सर्वाजनिक गरिसकेको छ।

एकदिवसीय विश्वकपमा १४ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष तीन टिम सुपर सिक्सका लागि छनोट हुनेछन्। यस्तै, टि–२० विश्वकपमा ५–५ टिमको चार समूह बनाइने छ । समूहका शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्ने छन् । त्यसपछि नकआउटका आधारमा खेल हुने छ।

विश्वकपमा टिम संख्या बढाउने आईसिसीको निर्णयपछि नेपाललगायत एसोसिएट राष्ट्रले विश्वकप खेल्न अवसर पाउने छन्।

प्रकाशित मिति: ११:२१ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्