Kathmandu Press

दुई वर्ष अघि भएकाे एमएससीको परीक्षाकाे महान्यायाधिवक्ताको कार्यालयले थाल्याे छानविन

दुई वर्ष अघि भएकाे त्रिभुवन विश्वविद्यालयकाे एमएससीको परीक्षाकाे महान्यायाधिवक्ताको कार्यालयले छानविन थालेकाे छ।
दुई वर्ष अघि भएकाे एमएससीको परीक्षाकाे महान्यायाधिवक्ताको कार्यालयले थाल्याे छानविन
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २८ : दुई वर्ष अघि भएकाे त्रिभुवन विश्वविद्यालयकाे एमएससीको परीक्षाकाे महान्यायाधिवक्ताको कार्यालयले छानविन थालेकाे छ। अहिले विशेष समिति नै बनाएर छानविन सुरु गरेकाे हाे। 

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतको स्नातकोत्तर भौतिक शास्त्र विषयको परीक्षामा धाँधली भएको विद्यार्थीेले आरोप लगाएका थिए। त्यसको छानविन गर्दा उत्तर पुस्तिका नष्ट भएको त्रिविले जवाफ दिएको थियो। त्रिविले नष्ट गरिएको भनिएका उत्तरपुस्तिका फेला परेको दाबीसहित परीक्षार्थीले उजुरी दिएपछि छानविन थालिएको हो। 

यस विषयमा मन्त्रिपरिषद्ले छानविन गर्ने निर्णय गरेको थियो। त्यहि अनुसार महान्यायाधिवक्ताको कार्यालयले छानविन समिति गठन गरेको हो। 

मन्त्रिपरिषद्को निर्णय कार्यान्वनका गत चैत १८ गते छानविन समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता संजिव रेग्मीले काठमाडौंप्रेसलाई बताए। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखा हेर्ने सहसचिव र प्रहरी महानिरीक्षक सचिवालयका प्रहरी नायब महानिरीक्षक सदस्य छन्। 

यसकाे वोधार्थ सबै जिल्ला तथा उच्च सरकारी वकिलको कार्यालय र विशेष सरकारी वकिलको कार्यालयलाई दिइएको उनले बताए। ‘उत्तरपुस्तिका विवादमा छानविन समिति गठन भएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १८९ वमोजिम नायव महान्यायाधिवक्ताको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको हो,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता रेग्मीले भने, ‘प्रतिवेदन आएपछि महान्यायाधिवक्ता कार्यालयमार्फत आवश्यक कारबाही प्रक्रियाका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइन्छ। सबै जिल्लामा आउने यस्ता उजुरीसमेत हेर्ने प्रयोजनका लागि यो समितिले काम गर्नेछ।’    

त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रम प्रथम सेमेष्टरको पुरानो कोर्सको ‘क्वान्टम मेकानिक्स’ विषयको २०७५ पुष २९ गते सञ्चालित परीक्षामा धाँधली भएको दाबीसहित परीक्षार्थी आशिष पौडेलले उजुरी दिएका थिए। यो विवादमा प्रारम्भमा सत्यतथ्य छानबिन गर्न शिक्षाध्यक्षद्वारा सेवानिवृत्त प्राध्यापक सीताराम व्याहुतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको थियो। 

परीक्षार्थी पौडेलले सर्वोच्च अदालतमा दायर गरेको अदालतको अवहेलनासम्बन्धी अर्को एक मुद्दामा त्रिविले उत्तरपुस्तिका नष्ट नभएको भन्दै जवाफ पठाएको थियो। त्रिविको जवाफपछि प्रश्नपत्रको वास्तविकता उजागर भएको हो। 

यस प्रकरणमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुषालले तथ्य लुकाएको भन्ने आधारमा राष्ट्रिय सूचना आयोगले पाँच हजार रुपैयाँ जरिबाना गरेको थियो। उत्तरपुस्तिका सुरक्षित राख्न आदेश दिए पनि सबै अभिलेख नष्ट गरिसकेको जवाफ पठाएपछि आयोगले जरिबाना गरेको थियो। 

महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको उक्त परीक्षामा केही विद्यार्थीले भौतिकशास्त्र विषयको प्रश्नपत्र पाठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै अवज्ञा गरेका थिए। त्यस विषयको परीक्षा पुनः गराउन परीक्षार्थीले माग गरेका थिए। तर, त्रिविले विद्यार्थीका मागमा सुनुवाई नगरी २०७६ वैशाख ११ गते परीक्षाफल प्रकाशित गरेको थियो। जसमा ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। 

सुरुआतमा त्रिविले उत्तरपुस्तिका नष्ट गरिएको जवाफ दिएको थियो। तर, परीक्षार्थीले उत्तरपुस्तिका भेटिएको दाबीसहित आयोग, महान्यायाधिवक्ताको कार्यालय, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्। परीक्षार्थीले मन्त्रिपरिषद्को कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दिएको उजुरीमा दोषीउपर कुनै कारबाही नगरिएको, दोषीमाथि अनुसन्धान तहकिकात गरी मुद्दा नचलाइएको उल्लेख छ। 

त्यस्तै, उजुरीमा २०७७ असोज ९ गते जाहेरी दिए पछि मुद्दा दायर गर्ने तीन महिने हदम्याद गुजारिएको, प्रहरीद्वारा विलम्व गरी २०७७ फागुन २० गते जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंसँग आवश्यक राय निर्देशन माग भएको उल्लेख छ। त्यस्तै, काठमाडौं सरकारी वकीलको कार्यालयले २०७७ चैत २ गते मुद्दा दायर गर्ने हदम्याद देखाई दोषीलाई उन्मुक्ती दिलाइएको दाबी गरिएको छ। 

यस प्रकरणमा दोषी प्रहरी, सरकारी वकिल र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि कारबाही तथा त्रिवि सेवाबाट नै बर्खास्त गर्न र छानबिन नटुङ्गिन्जेल निलम्बनमा राखी कारबाही चलाउन परीक्षार्थीले माग गरेका छन्। 

प्रकाशित मिति: २०:५८ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्