Kathmandu Press

सन्दीप विकेटविहीन बन्दा उनको टिम पराजित

बिगबास लिग खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विकेटविहीन भएको खेलमा होबर्ट हुरिकेन्स पराजित भएको छ । मंगलबार भएको खेलमा सन्दीपको टिम...
सन्दीप विकेटविहीन बन्दा उनको टिम पराजित
Hardik ivfHardik ivf

बिगबास लिग खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विकेटविहीन भएको खेलमा होबर्ट हुरिकेन्स पराजित भएको छ । मंगलबार भएको खेलमा सन्दीपको टिम हुरिकेन्स पर्थ स्कोचर्ससँग ९ विकेटले पराजित भएको हो ।

फितलो ब्याटिङ गर्दै हुरिकेन्सले दिएको १४० रनको लक्ष्य स्कोचर्सले १६.२ ओभरमा १ विकेट मात्र गुमाउँदै भेट्टायो । स्कोचर्सलाई सहज जित दिलाउने क्रममा जेसन रोए र लिअम लिभिङ्सटनले अर्धशतकीय इनिङ खेले । रोय ७४ रनमा नटआउट रहे भने लिभिङ्सटनले ५४ रन बनाए । रोएले ५२ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे भने लिभिङ्सटनले ३९ बलमा समान ४ चौका र छक्का प्रहार गरे । 

हुरिकेन्सका लागि एकमात्र विकेट स्टक ब्लाइन्डले लिए । विकेटबिहीन रहेका नेपाली खेलाडी सन्दीपले ३ ओभरमा ३ ओभरमा २३ रन खर्चिए । सन्दीपले यो सिजन ४ खेलमा ४ विकेट लिएका छन् ।

यसअघि पहिला ब्याटिङ गरेको हुरिकेन्सले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १३९ रन मात्र बनायो । उसका लागि डार्सी सर्ट सर्वाधिक ५४ रन बनाए । उनले ४७ बलमा ७ चौका प्रहार गरे । यस्तै, टिम डेभिडले ३१ र कोलिन इनग्रामले १८ रनको योगदान दिए । 

१० खेलमा समान ५ जित र हार व्यहोरेको हुरिकेन्स १९ अंकसहित तालिकाको पाँचौंँ स्थानमा छ भने पर्थ स्कोचर्स भने २० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्