Kathmandu Press

प्रिमियर लिगमा बर्न्लेमाथि म्यान्चेस्टर सिटीको ५–० को जित

काठमाडौं, मंसिर १४ : इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ ।ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना...
प्रिमियर लिगमा बर्न्लेमाथि म्यान्चेस्टर सिटीको ५–० को जित
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १४ : इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ ।

ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिरभपुलका डिएगो योटाले पहिलो गोल गरे । अन्तिम मिनेटमा ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काउदै खेललाई बराबरीमा पुर्‍याए ।

खेलमा लिरभपुलका स्टार खेलाडिहरु मोहोमद सालाह र सािदयो मानेले दुई वटा पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्न्लेमाथि ५–० को फराकिलो जित निकाल्यो ।

सिटीको जितमा रियाद माहारेजको ह्याट्रिक तथा बेन्जामिन मेन्डी र फेरान टोरेसको एक एक गोल गरे ।  गएराति नैं लिड्स युनाईटेडले एभर्टनलाई १–० ले हराउँदा वेष्ट ब्रोमले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्‍यो । 

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, मंसिर १४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्